
काठमाडौं, जेठ २२ । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका नेपालीहरुको उद्धार कार्यले अर्को हप्ताबाट तिब्रता लिने बताए ।
पहिलो चरणमा करिब ४० हजार नेपालीलाई नेपाल फर्काउने तयारी रहेको भन्दै उनले संघले सक्दो सहजीकरण गर्ने र त्यसका लागि संघका सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरुलाई तयारी अवस्थामा राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस्