
काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज शनिबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे हुने खेलमा नेपाल र भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा रहेको छ भने भुटान पनि नेपाललाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।
नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगालादेश छन् ।
समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्