२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


लकडाउन खुकुलो पार्न भन्दै व्यवसायीले भेटे तीन जिल्लाका प्रमुख


0
Shares

काठमाडौं, जेठ २२ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षाका उपाय अपनाइ लकडाउन (बन्दाबन्दी) लाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव दिए ।

अध्यक्ष श्रेष्ठले तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग बिहीबार भेट गरी कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरे ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीसित भेट गरेर उक्त सुझाव दिए ।

तीनै प्रमुख जिल्ला अधिकारीले सुझावलाई सकारात्मकरुपले लिन र सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो बनाइने बताए । रासस