
बिराज रोस्यारा (इमेज)
कैलाली, जेठ २२ । कैलालीमा ‘लकडाउन’ अवधिमा दैनिक बिहान ६ बजेदेखि ११ बजेसम्म पसल तथा उद्योगहरु खुल्ने भएका छन् ।
बिहीबार कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच भएको छलफलमा व्यापार–व्यवसाय सञ्चालन गर्ने सहमति भएको हो ।
बिहान ११ बजेसम्म व्यवसाय सञ्चालनका लागि मौखिक सहमति भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकाय र कैलाली उद्योग वाणिज्य संघको संयुक्त बैठकले बिहान ११ बजेसम्म व्यवसाय सञ्चालन गर्ने सहमति गरेको उनले बताए ।
संघले व्यवसाय सञ्चालनको वातावरण बनाउन माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्