म्याग्दी, जेठ २२ । म्याग्दीमा बोयर जातको एउटै बोका साढे दुई लाख रुपैयाँमा बिक्री भएको छ ।
बेनी नगरपालिका–३, भकिम्लीका धन श्रीषले सञ्चालन गरेको बाख्रा फार्मको बोयर जातको एउटै बोका साढे दुई लाखमा बिक्री भएको हो ।
‘लकडाउन’कै अवधिमा उनले बोका र बाख्रा बिक्री गरेरमात्रै २० लाख रुपैयाँ आम्दानी गरेका छन् ।
बोयर जातका खसी–बोकाको माग बढेसँगै अहिले अनलाइनमार्फतसमेत ‘बुकिङ’ लिन थालिएको छ ।
धनले खसी–बोकाका लागि ६० रोपनी जग्गामा उन्नत जातको घाँसखेती लगाएका छन् ।




प्रतिक्रिया दिनुहोस्