
इलाम । इलाममा पनि विहीबारदेखि सबैखाले व्यापार व्यवसाय संचालनमा आउन थालेका छन् ।
उद्योग वाणिज्य संघ इलामले व्यवसायीको हितका लागि भन्दै बजार खुलाउने निर्णय गरेसगै दुई महिनादेखि बन्द बजार खुलेको हो ।
संघले दैनिक रुपमा बिहान ७ बजेबाट दिउसो १२ बजेसम्म बजार खुल्ने जनाएको छ ।
व्यवसायीका लागि सदस्यता दर्ता शुल्क तथा वार्षिक सदस्यता नविकरण शुल्कमा ५० प्रतिशत छुट दिने निर्णयसमेत संघले गरेको छ ।
लकडाउन अवधिभरको २५ प्रतिशतदेखि माथि घरभाडा छुटको आव्हान गर्ने निर्णय पनि गरिएको छ ।
संघका अध्यक्ष ईश्वर चिपालुले पसलहरु सञ्चालनका क्रममा सेनिटाइजर, हात धुने पानी र साबुनको व्यवस्था गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्