Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


महिला साफ : श्रीलंका र भुटान खेल्दै


195
Shares

काठमाडौं । नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज शुक्रबार एउटा मात्रै खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल साँझ साढे ५ बजे सुरू हुनेछ ।

समूह ’बी’ मा रहेको श्रीलंकाले समूह चरणमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् सुरूवात गर्ने योजना बनाएको छ । भुटान भने दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जितको खोजिमा मैदान उत्रिनेछ ।

पहिलो खेलमा भुटान घरेलु टिम नेपालसँग ४–० ले पराजित भएको थियो ।