७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


एअरगन र ३४ राउन्ड गोलीसहित युवक पक्राउ


0
Shares

बाँके, भदौ ३ । नेपाल–भारत सीमानाका जमुनाहाबाट हतियारसहित नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट, भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय अमृत विक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले एकथान एअरगन र सोको ३४ राउन्ड गोलीसहित विकलाई पक्राउ गरेको छ ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहा नाकाबाट एअरगनसहित विकलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।

जाँचकाक्रममा विकको साथबाट हतियार बरामद भएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

यस्तै, जाजरकोट, भेरी नगरपालिका–९ कै १६ वर्षीय दीपक विकको साथबाट पनि प्रहरीले फलामको साङ्लो बरामद गरेको छ ।

उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रासस