Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


निर्वाचनमा खर्च सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी


2.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले मंसिर ४ मा हुने निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा निर्धारण गर्न माग गर्दै दायर भएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधिश कुमार रेग्मीको एकल इजलासले अधिवक्ता कृतिनाथ शर्मा पौडेलले दायर गरेको रिटमा सुनुवाई गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्वाचन आयोगको नाममा कारण देखाउ आदेश जारी गरेको छ । इजलासले अन्तरिम आदेशको सम्बन्धमा भदौ २७ गते रिट निवेदनका पक्ष र विपक्ष दुवैलाई छलफलका लागि बोलाउने आदेश गरेको छ ।

यस्तै इजलासले रिट निवेदनमा निर्वाचन आयोग ऐन २०७३ को दफा २४ मा निर्वाचनको हद तोक्ने बाध्यात्म व्यवस्था गरे पनि आवश्यक कार्य नभएको प्रश्न उठाएको भन्दै आयोगबाट दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चकको सम्बन्धमा हद तोक्ने सम्बन्धमा भएका निर्णयहरुको प्रतिलिपीसमेत लिएर छलफलमा उपस्थित हुन आदेश गरेको छ ।

गत सोमबार अधिवक्ता कृतिनाथ शर्माले आयोगले जारी गरेको निर्वाचन आचारसंहितविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो ।