३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ५ सय १८ जनाको पीसीआर र २ हजार ८ सय ८३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार १ सय ६८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ४ सय ७३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।