Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


असोज १ देखि छुटमा खाद्यान्न वितरण


390
Shares

काठमाडौं । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाले असोज १ गतेदेखि छुटमा खाद्यान्न वितरण गर्ने भएको छ ।

दशैंका लागि प्रतिकेजी रु. सात कम गर्ने गरी खाद्यान्न वितरण गरिने भएको हो । हिजोआज विक्री भइरहेको मूल्यभन्दा प्रति केजी ७ रुपैयाँ कमका दरले असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म खाद्यान्न वितरण गरिने निमित्त कार्यालय प्रमुख नविनप्रसाद आचार्यले बताउनुभयो ।

लिमिटेडले हिजो आज प्रतिकेजी जीरा स्टिम मसिनो रु. ८५, अरुवा मध्यम रु. ६२, अरुवा मोटो रु. ५८, बास्मती रु. ११०, सोनामन्सुली रु. ६५, अरुवा मकावनपुर रु. ६० मा विक्री गर्दै आएको छ । २० केजी चामलको रु. १४०, २५ केजीको रु. १७५, ३० केजीको रु. २१० छुटमा वितरण गरिने उहाँले जानकारी दिनुभयो ।