१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ


0
Shares

बैतडी, जेठ २१ । बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

मृतक महिलासंगै क्वारेन्टाइनमा रहेका अरु चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ बर्षीया सुनिता लुहारको कोरोना रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।