नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रस्ताव स्वीकृत


325
Shares

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न बाटो खोलिदिएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र संचालन नियमावली २०६४ संशोधन गरेसँगै नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्ने बाटो खुलेको हो ।

केही दिन अघि धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न मिल्ने गरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गरेकोमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले स्वीकृत गरेको संशोधन प्रस्ताव आज बिहीबार धितोपत्र बोर्डमा पठाइने बुझिएको छ । त्यसपछि बोर्डले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने छ ।

मंसिर ४ को चुनाब अघि नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढ्ने बुझिएको छ ।

धितोपत्र बोर्डले तीन अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नयाँ स्टक एक्स्चेञ्ज स्थापना गर्न पाउने गरी नियमावली संशोधन गराएको हो । नेपाल स्टक एक्सचेन्जको चुक्ता पुँजी अहिले पाँच करोड रुपैयाँ छ ।

यस्तै नयाँ स्टक एक्सचेन्जमा एकल समूहको अधिकतम् होल्डिङ्स् १५ प्रतिशतसम्म रहन पाउने ब्यवस्था पनि गरिएको छ ।

नयाँ स्टक एक्सचेन्जमा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने छन् ।