धरानबाट ३२ सडक मानवको उद्धार « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


धरानबाट ३२ सडक मानवको उद्धार


312
Shares

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका ३२ सडक मानवलाई उद्धार गरिएको छ । मंगलवार राति १२ बजे ईलाका प्रहरी कार्यालय धरानको सहयोगमा धरान उपमहानगरपालिकाले उनीहरुको उद्धार गरेको हो ।

धरानमा जथाभावि हिड्ने सडक मानवका कारण सवारी साधान संचालनमा असर पर्नुका साथै यहाँको सुन्तरतामा समेत गम्भिर असर परेको थियो । सडक मानवले गर्ने फोहोरका कारण धरान दुर्घन्धित भएको थियो । सडकमा जथाभावी वालकदेखि बृद्ध र महिलाहरु जथाभावी हिड्ने, भेला जम्मा भएर शान्ति सुरक्षामा असर पुर्‍याउदै आएका थिए ।

धरानलाई सडक मानव मुक्त शहर बनाउने उदेश्यले उनीहरुलाई उद्धार गरिएको धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्रविक्रा बेघााले बताए । धरानको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जिवन विताउदै आएका १४ बालक, पाँच जना महिला र १३ पुरुषलाई उद्धार गरिएको उनले बताए । उनीहरुलाई धरानको भानु चोक, बुद्ध चोक, लाघांली चोक, पुतली लाईन, छाता चोक लगायतका स्थानबाट उद्धार गरिएको थियो ।

उद्धार गरिएका महिलाहरुलाई माया घर इटहरी, वालकहरुलाई वालवालिका खोज तथा उद्धार केन्द्र बेलवारी, अन्यलाई भियोसी इटहरी र विराटेश्वर मानव आश्रम विराटनगरमा पठाइएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताएका छन् । ३२ जनालाई उद्धार गर्न राति ९ बजेदेखि १२ बजे सम्म समय लागेको बताए ।

सडकमा बस्ने बालवालिका सहितका सडक मानवहरु लागु औषद्य सेवन गर्ने र चोरी डकैतीका घटनामा संलग्न हुने गरेकाले उनीहरुको उद्धार पश्चात धरानमा शान्ति सुरक्षा मजबुत बनाउन थप सहयोग पुगेको डिएसपी श्रेष्ठको भनाई छ ।