Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


असारको अन्तिम साता मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी थालेको छ ।

असार अन्तिम सातासम्ममा सार्वजनिक गर्ने गरी मौद्रिक नीति ल्याउन तयारी थालिएको राष्ट्र बैंकले जनाएको छ ।

सरकारले ल्याएको बजेट कार्यान्वयनमा सहयोग पुग्ने गरी मौद्रिक नीतिको गृहकार्य सुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

कोरोना महामारीकाबीच आउन लागेको मौद्रिक नीतिले सबै क्षेत्रको सुझावहरु समेट्ने कोसिस गर्ने उनको भनाइ छ ।

राष्ट्र बैंकले हरेक वर्ष सरोकारवालाहरुको सुझावसमेत लिएर मौद्रिक नीति तर्जुमा गर्ने गरेको छ ।

अर्थतन्त्रलाई चलायमान बनाउन तथा सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने गरी केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिमा सर्वसाधारणको सुझाव समेटिन्छ ।