Logo २२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025


लकडाउनकै अवधिमा इलाममा विकास निर्माण धमाधम


0
Shares

-प्रकाश नेपाल/ईमेज

इलाम । प्रदेश सरकार शहरी विकास तथा भवन कार्यालय इलाममार्फत इलाम जिल्लामा एक शहरी सडक तथा नाली निर्माणका साथै अन्य आठ सडक स्तरोन्नति भएको छ ।

लगातारको लकडाउनले शहरी सडकको निर्माण रोकिएको भएपनि केही सडक स्तरोन्नतिको काम भने धमाधम भइरहेको छ ।

प्रदेश सरकारको बजेट मार्फत इलामको बरबोटे रिब्सदेखि एक किलोमिटर सडक कालोपत्रे निर्माण सुरु भएको छ ।

शहरी सडक तथा नाली निर्माण अन्तर्गत जम्मा एक करोड ५८ लाखको लागतमा सडक निर्माण भएको हो । लगातार लकडाउनले उक्त सडक निर्माण सामाग्री अभावमा रोकिएको छ ।

शहरी विकास तथा भवन कार्यालय इलामले जिल्लाका विभिन्न आठ स्थानमा सडक स्तरोन्नतिको काम भइरहेको जनाएको छ ।

पर्यटकीय मार्ग र शहरी क्षेत्रमा पर्ने ती सडकमा १५ लाखका दरले रकम विनियोजन भएको हो ।

उपभोक्ता समितिमार्फत निर्माण भएको सडक स्तरोन्नतिको कार्य लकडाउनमा समेत धमाधम भइरहेको छ ।

सडक बन्ने भएपछि स्थानीयले विगतको अप्ठ्यारो सहज हुँदै गएको बताएका छन्  ।

पँधेरी दुधाङ, पाल्टाँगे सिद्धिखोला, गुम्बापथ जुरेभञ्ज्याङ, अम्बिटार तकपत, तीनतले झरना सिढि निर्माण, जनकल्याण बेलडाँडा सडक, नवमी फुलुङ्गी र बालनगाउँ सडकको स्तरोन्नति भएको छ ।

शहरी क्षेत्रमा रहेका सडकको नाली तथा ग्राभल निर्माणपछि गाउँ टोल व्यवस्थित बन्दै गएको छ ।