२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


उम्मेदवार मनोनयन भएकै मितिबाट संसदको कार्यकाल सकिने कानूनी व्यवस्था हुनुपर्छ : गगन थापा


364
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानूनी व्यवस्था गर्न उपयुक्त हुने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने भन्दा पनि सो निर्वाचनका लागि उम्मेदवार मनोनयन गरेपछि सांसद पद नरहने गरी आवश्यक व्यवस्था गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो ।

उहाँले पछिल्ला केही समययता आएर सांसदहरु १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई नै दाग लगाउने त्यस्ता खालका सन्देशहरु प्रवाह हुन नदिन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँ उभिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

महामन्त्री थापाले मत परिणाम घोषणा भएको अन्तिम दिनबाट आधार मानी प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तोक्नुपर्ने पनि बताउनुभयो ।