Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


न्यूयोर्कको ६३ वर्षयताको इतिहासमा पहिलोपटक कर्फ्यु


0
Shares

दिवाकर बागचन्द ।

न्यूयोर्क, जेठ २० । अमेरिका अशान्त बनेपछि कम्तीमा ४० ओटा सहरमा कर्फ्यु आदेश जारी गरिएको छ ।

वासिङ्टन डिसी र १५ राज्यहरुमा सेना परिचालन गरिएको छ ।

अमेरिकाभर कम्तीमा चार हजार व्यक्ति पक्राउ परेका छन् ।

गत हप्ता प्रहरी हिरासतमा एकजना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएपछि हिंसात्मक प्रदर्शनहरु भइरहेका हुन् ।

यसैबीच, फ्लोयडको घाँटीमा घुँडा धसेका निलम्बित प्रहरी अधिकारीलाई तेस्रो डिग्री हत्या र दोस्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ ।

प्रहरी अधिकारी डेरेक चाउभिनलाई आगामी जुन ८ मा अदालतमा उपस्थित गराइने भएको छ ।

यता, न्यूयोर्कको ६३ वर्षयताको इतिहासमा पहिलोपटक कर्फ्यु आदेश जारी गरिएको छ ।

९१ वर्षअघि यस्तै रंगभेदको घटनाले अमेरिकामा हिंसात्मक रुप लिएको थियो ।

भिडियो हेर्नोस्