७ श्रावण २०८२, बुधबार | Thu Jul 24 2025


सुरक्षागार्ड मृत भेटिए


0
Shares

मोरङ, भदौ ३ । मोरङ, विराटनगर–२, धरानरोड विक्की हार्डवेयरमा कार्यरत् सुरक्षागार्ड विराटनगर, पिपलचोकका ५० वर्षीय टंक भट्टराई मृत फेलापरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाकाअनुसार आइतबार बिहान ९.४५ बजे हार्डवेयरका कामदारले पसल खोल्नेक्रममा सुरक्षागार्ड भट्टराईको शव फेलापारेका हुन् ।

मृतक भट्टराईको शरीरमा रड तथा भालाजस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिए ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि सो घटनामा संलग्नको पहिचान गर्न सकेको छैन । रासस