२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भक्तपुरकोे पाँच तले मन्दिर जीर्णोद्धारको काम उपभोक्ता समितिमार्फत हुँदै, नगरवासी पनि श्रमदानमा सक्रिय


0
Shares

भक्तपुर । भक्तपुरकोे पाँच तले मन्दिर जीर्णोद्धारको काममा स्थानीय उपभोक्ता समिति लागेको छ ।

नगरपालिकाका कामहरु ठेक्कापट्टामा नहुने भएकाले उपभोक्ता समितिमार्फत निर्माणका कार्यहरु थालिएका छन् ।

नगरवासीले पनि श्रमदान गर्दै आएका छन् । भक्तपुरकोे पाँच तले मन्दिर जीर्णोद्धारको काम स्थानीय उपभोक्ता समितिले गर्दै आएको छ ।

नगरपालिकाका कुनै पनि काम ठेक्कापट्टामा नहुने भएकाले उपभोक्ता समिति गठन गरी निर्माणका कार्यहरु भएका छन् भने नगरवासीले यसमा श्रमदान गर्दै आएका छन् ।

अन्य स्थानीय निकायले ठेक्कामा पैसा खर्च गरी निर्माण कार्यहरु गर्दा पनि काम कमसल हुने र कामदार अभाव हुने अवस्थामा भक्तपुरमा भने समितिको तदारुकता र स्थानीयको सहभागिताले पाँचतले मन्दिरको दोस्रो तलासम्मको झिङ्गटी छानो राख्ने काम भइसकेको छ ।

मन्दिर निर्माणका लागि थप काम कामदार चाहिने समयमा विभिन्न संघसंस्था र टोलका मानिसहरु स्वयम्सेवीका रुपमा सहभागी हुने गर्छन् ।

आफ्नै टोल छिमेकमा सहकार्य गरेर मौलिक धरोहर बनाउन सहयोग गर्न पाउँदा निकै खुसी लागेको आरम्भ नेपालका प्रतिनिधि बालकृष्ण वनमाला बताउँछन् ।

करिब ६५ लाख १३ हजार तीन सय ५८ रुपैयाँको लागतमा स्थानीय उपभोक्ता समितिबाट जीर्णोद्धार हुन लागेको पाँचतले मन्दिरका लागि विभिन्न संघसंस्थाले आर्थिकका साथै भौतिक सहयोग गर्दै आएका छन् ।

यस्तै गरी लकडाउनका समयमा भीडभाड हुन नदिन एक दिन एउटा टोलका मानिस श्रमदानका लागि पास लिएर आउने व्यवस्था गरेको पाँचतले मन्दिर निर्माण समिति सदस्य पूर्णचन्द्र राजचल बताउँछन् ।

श्रमदानका लागि यसरी आउने जनशक्तिले आफ्नो खाजाको व्यवस्था आफैं गर्छन् ।

भक्तपुरमा न्यातपोल मन्दिरबाहेक भूकम्पपछि जीर्णोद्धार र पुननिर्माण गर्न बाँकी रहेका अन्य सम्पदाहरु पनि उपभोक्ता समितिकै श्रमदान र खर्चमा पुननिर्माण हुँदै छन् ।