Logo २८ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025


सप्तरीमा आइसोलेसन वार्ड थपियो


0
Shares

सप्तरी, जेठ १९ । सप्तरीको विभिन्न क्वारेन्टाइनमा रहेका कोरोना संक्रमितहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राख्न थालिएको छ ।

संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएपछि र अन्य अस्पतालमा आइसोलेसनको अभाव भएपछि साईकृणा अस्पतालमा राखिएको हो ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २६ ओटा मात्र आइसोलेसन बेड रहेकोले अन्य संक्रमितहरुलाई चार दिनदेखि सम्वन्धित क्वारेन्टाइनमै राख्नुपरेको थियो ।

राजविराज स्थित भिम दल गणका नेपाली सेनाको टोलीले तत्कालकालागि साइकृष्णा अस्पतालमा ९९ ओटा आइसोलेसन बेडको व्यवस्थापन गरेको छ ।