Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


‘लकडाउन’ आर्ट थेरापीमा कलाकार दम्पती (भिडियो)


0
Shares

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)

ललितपुर, जेठ १९ । कोरोनाभाइरस कलाकारको लागि प्रेरणा र ‘लकडाउन’ कला सृजना गर्ने अवसर भएको छ, कलाकारहरुको लागि ।

कला सृजनामा दम्पतीको सहकार्य पनि हुन थालेको छ । जसका कारण कला सृजनामा नयाँ आयाम पनि थपिएको छ ।

जीवनका लागि प्रकृति र पुरुष अक्षुण्ण छन् । अर्धनारेश्वरको परिकल्पनामा आज कलाकार दम्पती पनि एउटै क्यानभासमा जीवन दिन थालेका छन्, कला सृजनामार्फत् । शक्ति र चेतना नै स्रोत हो ।

सृजनाका लागि लकडाउनको समय उपयोग गर्दै कलाकार दम्पती एरिना ताम्राकार र आशा डंगोलले एउटै क्यानभासमा कोरोनासम्बन्धी कला सृजना कोरिरहेका छन् ।

आर्कलिक माध्यमबाट बनेका सृजनामा मास्कलाई प्राथमिकतामा राखिएको छ । शिला टुक्राहरुमा समेत कोरोनाको कला कोरिएको छ ।

कलाकार ताम्राकार सबैलाई सकारात्मक र रचनात्मक हुन आग्रह गर्छिन् ।

सरकारले कलाको मर्म बुझ्न नसकेको भन्दै उनले लकडाउनको समयमा हुने ‘डिप्रेसन’को समस्यालाई आर्ट थेरापीमार्फत् समाधान गर्न सकिने बताइन् ।

कोल्याबे्रसनमा कलाकार दम्पतीले करिब छथान क्यानभासमा चित्रकला सृजना गरिसकेका छन् भने व्यक्तिगतरुपमा दजनौं चित्र कोरेका छन् ।

कलाकार डंगोलको भनाइमा कोरोनाले सृजनालाई पनि प्रेरणा दिएको भन्दै मानवलाई प्रकृतिमैत्री हुन सन्देश पनि दिएको छ ।

पक्कै पनि कोरोनाले मानवको विगतका केही स्वतन्त्रतालाई केही खुम्च्याएको छ । तर, प्रकृति खुलेको छ । यही खुलापनले विश्वमा नै स्वस्थ छ, वातावरण ।

हिमाल खुलेको छ, नदी निर्मल छ । जंगली जनावर र पशुपक्षी खुलेर हिँड्न पाएका छन् र त कलाकार सृजनात्मक कार्यमा व्यस्त छन्, त्यो पनि कोरोनाकै विषयमा ।

भिडियो हेर्नुहोस्