सुर्खेत, जेठ १९ । प्रदेश प्रकोप व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक जिल्ला अस्पतालमा एम्बुलेन्स र शव वाहनको व्यवस्थापन गर्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमित विरामीलाई आइसोलेसन र थप उपचारका लागि अस्पताल पुर्याउन तथा मृतक संक्रमितको शव व्यवस्थापन गर्न एम्बुलेन्स र शव वाहनको व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
बैठकले हुम्ला र डोल्पाको माथिल्लो भेगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तिब्बततर्फबाट हुने ढुवानीमा समस्या भएका कारण बैकल्पिक व्यवस्था गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले कोरोना नदेखिएका जिल्लामा आवश्यक सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया दिनुहोस्