
काठमाडौं । अर्थमन्त्री डा. खतिवडाले अमेरीकी सहयोग नियोग(एमसिसी) सम्झौता संसदबाट अनुमोदन भएपछि मात्रै बजेट निकासा हुने बताएका छन् ।
प्रतिनिधिसभामा बजेटमाथि उठेको प्रश्नको आज उत्तर दिँदै अर्थमन्त्री डा. खतिवडाले एमसिसीमा बजेटमा गत ३ वर्षदेखि नै निरन्तर भएको र आगामी बजेटमा रहेपनि सम्झौता कार्यान्वयन भने संसदबाट पास भएपछि मात्रै रकम निकासा हुने जानकारी दिए ।
स्वास्थ्य क्षेत्रमा ६ प्रतिशत बजेटको व्यवस्था गरेको जानकारी दिँदै डा. खतिवडाले कोरोना रोकथामका लागि आकस्मिक बजेटको रुपमा ६ अर्ब छुट्टयाइएको बताए ।
उनले स्वास्थ्य उपकरणको जगेडा गर्न ५ अर्ब उपकरण खरिदमा प्रयोग गर्ने जानकारी दिए ।
कृषि क्षेत्र अन्य क्षेत्रसँग पनि जोडिएको र कृषिको सबै क्षेत्रलाई जोड्दा करिब ८० अर्बको रकम सम्म हुने भन्दै उनले यस क्षेत्रमा रकम कम नभएको स्पष्ट पारे ।
डा. खतिवडाले सांसद विकास कोषको रकम हरेक निर्वाचन क्षेत्रमा अन्य मन्त्रालयले पुरा नगरेका बाँकी रहेका पूर्वाधार विकास र स्वास्थ्य क्षेत्रका लागी खर्च गरिने पनि जानकारी दिए ।
आर्थिक क्रियाकलाप रोकिएको मात्रै हुनाले सबैको प्रयास हुन सकेमा भने आर्थिक वृद्धिद्धर ७ प्रतिशतकै हाराहारीमा हुने पनि उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्