२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतका पाँचसय बढी कर्मचारी बिचल्लीमा


0
Shares

काठमाडौं । देशमा बन्दाबन्दी(लकडाउन)का कारण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पाँचसय कर्मचारी कामविहीन भएका छन् ।

लकडाउन भएको ६७ दिन पुगिसक्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन)ले परामर्शदाता मार्फत खटिएका झन्डै पाँचसय कर्मचारीलाई कामको जिम्मेवारीबाट मुक्त गराई तलब सुविधाबाट पनि बन्चित गराइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रिय आयोजना कार्यन्वयन इकाइ (भवन) को इएचआरपी जाइका प्रोजेक्टको परामर्शदाता ओरेन्टल कन्सल्ट ग्लोबल (ओसिजी)को स्थानीय पार्टनर संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रा.लि.मा कार्यरत करिब चारसय घुम्ती डकर्मी सहित पाँचसय बढी विभिन्न तहमा कार्यरत कर्मचारीहरु  वैशाख ३ गतेबाट कामकाज नगर्न भनी  प्राधिकरण अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाइले पक्षपाती निर्णय गरेको संघर्ष समितिका संयोजक ई राजन थापाले जानकारी दिए ।

थापाका अनुसार रोजगारदाता संस्था ट्रेनिङ्ग सेन्टर नेपाल प्रालिले आफ्ना कर्मचारीलाई आधिकारिक जानकारी विना, महामारीको विचमा बैशाखदेखि तलव सुविधाबाट बन्चित गराएको हो ।

सरकारले २०७७ वैशाख १५ गते राजपत्रमा प्रकाशित सूचना अनुसार कुनै सरकारी कार्यालय, निकाय वा उद्योगमा कार्यरत कर्मचारी वा श्रमिकलाई सार्वजनिक विदा कायम गरी तलव भत्ता उपलब्ध गराउन आदेश दिइसकेको छ ।

तर उक्त निर्णयको अपहेलना गर्दै परामर्शदाता कम्पनीमा कार्यरत सम्पूर्ण विदेशी कर्मचारी तथा आठ जना माथिल्लो तहका नेपाली कर्मचारीहरूलाई मात्रै कामकाजमा खटाएर विभेद गरेको संघर्ष समितिका थापाले बताए ।