बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका भारतीय सीमा बन्द गरिएको छ ।
नगरपालिकाको शनिवार बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउनेक्रम जारी रहेको भन्दै नगरपालिकाले यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए ।
भारतीय सिमानाका बन्द रहेको भएपनी भारतवाट बिभिन्न तरकारी र माछामासु जन्य पदार्थ आइरहेकाले नगरलाई पूर्ण सक्षम र स्थानीय उत्पादनकालाई बढावा दिने उदेश्यले भारतीय नाका पूर्ण रुपमा बन्द गरेको नगर प्रमुख केसीले बताए ।
बर्दियामा रहेको जिल्ला समन्वय समितिमा आइसोलेशन भएपनी संक्रमितको संख्या बढ्दै गएमा प्रयाप्त नहुने भन्दै मधुवनमै आइसोलेशन वार्ड निर्माणकालागी जुटिरहेको क्षेत्रीको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्