
उदयपुर, जेठ १७ । दुई महिनाभन्दा बढी समय देखि बन्द रहेको उदयपुर सिमेन्ट सञ्चालनमा आएको छ ।
सरकारी स्वामित्वको देशकै ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योग लिमिटेड, जलजलेले शनिवार देखि उत्पादन शुरु गरेको हो ।
कोभिड—१९ संक्रमण जोखिम बढ्दै गएसंगै सरकारले गरेको लकडाउनका कारण ६८ दिन देखि अबरुद्ध उद्योगले एक तिहाई कर्मचारी तथा श्रमिक राखेर उत्पादन सुरु गरेको उद्योगका प्रवक्ता राम बहादुर जिसिले जानकारी दिए ।
करिब १० हप्ता देखि उद्योग बन्द गर्नु पर्दा २५ करोड भन्दा बढीको क्षति भएको पनि जनाइएको छ । थप घाटा हुन नदिन उद्योग सुचालु गर्नु परेको प्रबक्ता जिसिले बताए ।
जापानको ओभरसिज ईलेक्ट्रोनिक फन्ड को १८ अर्ब ७७ करोड जापानी मुद्राको ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख बराबर लगानीमा २०४४ सालमा स्थापित उद्योगले २०४९ साल देखि उत्पादन सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्