-प्रकाश मैनााली/ईमेज
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका २– पकडीस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
सीमा सुरक्षार्थ खटिएको सशस्त्रको टोलीले नेपाल प्रवेश गर्न नदिएपछि करिब ४० जनाको समुहमा रहेका भारतीयले सशस्त्रको हतियार समेत खोस्ने प्रयास गरेका थिए ।
सोही क्रममा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १ राउण्ड हवाई फायर गरेको थियो । सशस्त्रले भारतीय तस्करहरुलाई सामान लिएर नेपाल प्रवेश गर्न रोकेको थियो ।
स्थिति अहिले नियन्त्रण आएको सशस्त्र प्रहरीले जनाएको छ । अहिले सो क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पकडीस्थित दशगजा क्षेत्रमा बोर्डर सेक्युरिटी फोर्स बीओपी सिमराको टोली खटाइएको छ ।








प्रतिक्रिया दिनुहोस्