२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


शहरी क्षेत्रका विद्युतका तार व्यवस्थापन गर्न वालिङ नगरपालिकाकाे निर्देशन


156
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले सडक तथा बजार नै कुरुप हुने गरी राखिएका विद्युत तथा केबुलका तार व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

अबको एक महिनाभित्रमा अव्यवस्थित रुपमा रहेका तारहरु व्यवस्थापन गर्न निर्देशन दिएको वालिङ नगरपालिकाले जनाएकाे छ ।

बिजुली, केबुल तथा नेट इन्टरनेटका तारहरु अव्यवस्थित हुँदा बजारको सौन्दर्यता नै बिग्रन गएकाले यसको स्थायी रुपमा व्यवस्थापन गर्न सम्बन्धित पक्षसँग छलफल गरिएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभएकाे छ ।

यसैगरी बजारमा पार्किङको पनि व्यवस्थापन गरिने उहाँले उल्लेख गर्नुभयो । अव्यवस्थित पार्किङबाट सेवाग्राहीको असुविधा र बजारको सुन्दरतालाई मध्य नजर गरी पार्किङको व्यवस्थापन गर्न लागिएको नगर प्रमुख खाँणले बताउनुभयो ।

यसका साथै अव्यवस्थित रुपमा गरिएका मोटरसाइकल पार्किङले मानिसहरुलाई हिड्न समेत असहज भएकाले तत्काल व्यवस्थापन गरिने वालिङ नगरपालिकाले जनाएकाे छ ।