१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


कोभिड–१९ बाट विश्वमा तीन लाख ६६ हजारभन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित


0
Shares

जेनेभा (स्वीट्जरल्यान्ड), जेठ १७ । कोरोनाभाइरस (कोभिड–१९)बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ भने संक्रमितको संख्या ६० लाख ३५ हजार ३५३ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार शनिबार अपराह्नसम्म प्राप्त विवरणअनुसार कोरोनाभाइरसका कारण बिरामी भएका २६ लाख ६२ हजार २९९ जना निको भएका छन् ।

विश्वभरिमा ३० लाख छ हजार १२६ हाल कोरोनाभाइरस संक्रमित उपचाररत् रहेका छन् ।

हालसम्म कोरोनाभाइरस संक्रमित ५३ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरस संक्रमणका कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओकाअनुसार संयुक्तराज्य अमेरिकामा मात्र १७ लाख ९३ हजार ५३० जनामा कोरोनाभाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा एक लाख चार हजार ५४२ व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा आठ लाख ३९८ जना कोरोनाभाइरस संक्रमति रहेका छन् । यहाँ ३८ हजार १८५ को मृत्यु भएको छ ।

युरोपमा १९ लाख ८७ हजार ३४५ जना कोरोनाभाइरस संक्रमित रहेका छन् भने एक लाख ७२ हजार ५५९ को मृत्यु भएको छ ।

एसियामा १० लाख ८४ हजार ८०८ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने २९ हजार ७५२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा एक लाख ३७ हजार ५४४ जनामा कोरोनाभाइरस संक्रमण रुहेको छ भने तीन हजार ९४५ जनाको मृत्यु भएको छ ।

ओसियानामा आठ हजार ७९३ जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ । रासस/एएफपी