
कञ्चनपुर । कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा बासिन्दामा विभिन्न रोगको संक्रमण देखिन थालेको छ ।
महाकाली नगरपालिका वडा नम्बर ८, ९ र १० का बाढी प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य परीक्षण गर्दा झाडापखाला, रुघाखोकी, ज्वरोलगायतका रोगको संक्रमण देखिन थालेको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत गगनराज चौधरीले बताए ।
बाढीबाट विस्थापित परिवार बिरामी पर्न थालेको खबर आएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
सामाजिक स्वास्थ्य विकास मन्त्रालयसँग पनि सहकार्य गरिए पनि हालसम्म औषधिको आपूर्ति हुन नसकेको चौधरीले जानकारी दिए ।
गत साउनको अन्तिम साता महाकाली र जोगबुढा नदीमा आएको बाढीका कारण महाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका १ सय ४८ घर डुवानमा परेका थिए ।
जसमध्ये वडा नम्बर ८ का ६ र १० का ३६ घरपरिवार बाढीका कारण विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्