२२ मंसिर २०८०, शुक्रबार | Sat Dec 9 2023


रुसी नागरिकलाई युरोप प्रवेशमा कडाई गर्ने युरोपेली युनियनको निर्णय

भिसा पूर्ण प्रतिबन्ध लगाउने विषयमा भने जुटेन सहमति

1.638k
Shares

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसी नागरिकहरुलाई पनि युरोप प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ ।

ईयु विदेशमन्त्रीहरुको बैठकले रुसी नागरिकलाई दिइने भिसामा कडाई गर्ने निर्णय गरेको हो । तर रुसलाई दिने पूर्ण भिसामा प्रतिबन्ध लगाउने विषयमा भने सहमति जुट्न सकेन ।

युक्रेनसहित केही देशहरुले पूर्ण भिसा प्रतिबन्धको प्रस्ताव गरेकोमा जर्मनी र फ्रान्सको आपत्तिपछि उक्त प्रस्ताव असफल भएको हो । तर रुससँग सीमा जोडिएका इस्टोनिया, लाट्भिया, लिथुआनिया, पोल्याण्ड र फिनल्याण्डले थप प्रतिबन्ध लगाउन पाउने भएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसमाथि दवाब बढाउने क्रममा युरोपेली युनियनले पछिल्लो निर्णय गरेको हो । रुसी उपविदेशमन्त्री अलेक्जेन्डर गुलोस्कले युरोपले आफ्नो खुट्टामा आफैं बञ्चरो हानेको प्रतिक्रिया दिनुभएको छ ।