नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
काठमाडौं, जेठ १६ । नेपालमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ गरेको पनि दुई महिना बितिसकेको छ ।
लकडाउनका कारण घरमै बस्दा मानिसहरुमा नकारात्मक सोच आउनुका साथै ‘डिप्रेसन’बाट पीडित भएको पनि देखिन्छ ।
तर, यस्ता मानसिक समस्याबाट जोगिन नृत्य र संगीत थेरापी पनि उपयुक्त विकल्प हुनसक्छ ।
फेन्च ब्याले र बेली डान्सर एलिजे वियननिक, जो अहिले लकडाउनको समयमा काठमाडौंमा घरमै बसेर आफ्नो बाल्यकालदेखिको नृत्यकला फेरि निखारिरहेकी छन् ।
नाटकका कलाकार एवं निर्देशकसमेत रहेकी एलिजे अहिले स्टुडियोमा नभइ घरमा नै मस्तसँग नृृत्य गर्दै लकडाउनको सदुपयोग गरिरहेकी छन् ।
भनिन्छ नृत्य चालको आनन्द र जीवनको हृदय हो ।
एलिजेको भनाइमा नृत्य र संगीत थेरापीले मानिसलाई जीउन सिकाउँछ । घरको कौसीमा नृत्य अभ्यास गर्दा छिमेकीलाई दर्शकको रुपमा पाउँदा उनी थप खुसी हुन्छिन् ।
ब्याले नामक नृत्य गर्दा जति नै गाह्रो भएपनि यसले शारीरिक क्रियाशीलता भने निकै बढाउँछ । यसले शरीर र मनलाईसमेत क्रियाशील र खुसी बनाउँछ । पेटको व्यायाम महत्वपूर्ण मान्छिन् उनी ।
एलिजेको लागि नृत्यकला मनको अभिव्यक्ति हो ।
मनोविद्हरु लकडाउनको समयमा निस्क्रिय र नकारात्मक कुरा सोचेर निराश हुनुभन्दा पनि आफूलाई कुनै न कुनै काममा सक्रिय राख्नाले कुविचार र डिपे्रसनबाट मुक्त हुन मद्दत मिल्ने बताउँछन् । यसका लागि नृत्य र संगीत थेरापी पनि उपयुक्त विकल्प हुनसक्छ ।




प्रतिक्रिया दिनुहोस्