
सिन्धुली । हिन्दु महिलाहरुको पवित्र चाड हरितालिका तिज सिन्धुली जिल्लाका महिलाहरुले महादेव शिवको पुजा आराधना गरि नाच गान गरि मनाएका छन् ।
तिजका अबसरमा हिन्दु महिलाहरु मंगलबार बिहानैदेखि जिल्लाका शिवालयहरुमा पुजा आराधना गरि नाचगान गर्दै तिजपर्वलाई उल्लासमय बनाई रहेका छन् ।
जिल्लाको कुशेश्वर महादेव,मधुगंगा महादेव, शिद्देश्वर महादेव लगाएतका प्रमुख शिवालयहरुमा सामुहिक नाचगान गर्नेहरुको घुईचो लागेको छ ।
विगतका वर्षहरुमा कोभिडका कारणले खुल्ला रुपमा तिज पर्व मनाउन नपाएका महिलाहरुले यस वर्ष भने तिज पर्वलाई रमाईलो गरि मनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्