Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


आमाको हत्या गरी आत्महत्या


0
Shares

विराटनगर, जेठ १६ । मोरङ, बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार बेलबारी–४, काकुम, बुधबारे बस्ने ५५ वर्षीया देवकुमारी लिम्बूलाई ३० वर्षीय छोरा जीवनबहादुरले बिहीबार छुरा प्रहार गरेर हत्या गरी आत्महत्या गरेका हुन् ।

निजको छुरा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु भएको थियो ।

आफ्नै घाँटी र पेटमा छुरा प्रहार गरी घाइते भएकामा नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचारका क्रममा जीवनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । रासस