२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


यसरी समेट्यो बजेटले सञ्चारमाध्यमलाई


0
Shares

काठमाडौं, जेठ १५ । सरकारले रेडियोमा रोयल्टी छुट र अनलाइनलाई लोककल्याणकारी विज्ञापन दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने बताए ।

सरकारले नेपाल टेलिभिजनको क्षमता विस्तार गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने घोषणा पनि गरेको छ । साइबर सुरक्षा केन्द्र स्थापनाका लागि सम्भाव्यता केन्द्र स्थापना गर्ने घोषणा गर्दै सरकारले आफ्नै स्याटलाइटको व्यवस्था गर्ने जनाएको छ ।

सरकारले सूचना प्रविधिमा आधारित उद्योगको व्यवस्थापन गर्ने पनि उल्लेख गरेको छ । डिजिटल फ्रेमवर्कमार्फत सबै पालिकामा आउँदो आर्थिक वर्षभित्र भरपर्दो इन्टरनेट सुविधा उपलब्ध गराउने घोषणा सरकारको छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाउने घोषणा पनि सरकारले गरेको छ ।