१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


थप २०२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


91
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३३ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ६४ जनाको पीसीआर र १ हजार ७ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय २ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ४ सय ६२ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।