
काठमाडौं । सरकारले मुलुकभर तीव्र गतिको इज्टरनेट सेवा विस्तार गर्न अघि बढाएको सूचना महामार्ग परियोजनाका लागि हालसम्म २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ ।
यो रकम खर्चेर १ हजार ६सय ४५ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको नेपाल दुर सञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म प्याकेज एक अर्थात् प्रदेश १ सहित मधेश र बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार ३ सय २५ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याउने काम सम्पन्न भएको छ ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार प्याकेज २ अर्थात् गण्डकी र लुम्बिनी प्रदेशको प्रगति भने शुन्य रहेको छ । पहिलो प्याकेजमा अझै ८ सय ४५ किलोमिटर अप्टिकल फाइबरको काम बाकीँ रहेको तथा तेस्रो प्याकेजमा १ हजार ६ सय ७२ किलोमिटरको काम बाँकी रहेको तथा ७२ किलोमिटरको काम बाँकी नै रहेको प्रवक्ता पौडेल बताउँछन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्