
पोखरा, जेठ १५ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारका लागि पोखरा ल्याइएको छ ।
वालिङका पाँचजनामध्ये बिहीबार बिहान संक्रमण पुष्टि भएकी ३९ वर्षीया महिलालाई पोखरा ल्याइएको हो ।
स्याङ्जामा महिलाका लागि छुट्टै ‘आइसोलेसन वार्ड’ नभएकाले उनलाई पोखरा ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।
स्याङ्जामा हालसम्म पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वालिङ नगरपालिकाका उनीहरु सबैजनालाई नगरपालिकाले सुनौली नाकाबाट उद्धार गरेर आफ्नो ‘क्वारेन्टाइन’मा राखेको थियो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्