३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक : अध्यक्ष प्रचण्ड


611
Shares

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनाबाट बचाउन प्रदेश र संघीय चुनावमा दलीय गठबन्धन आवश्यक परेको बताउनुभएको छ ।

शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएको गुनासो गर्नुभएकाे हाे । दलीय गठबन्धन नभएको भए देश दुर्घटनामा जाने निश्चित रहेको बताउँदै उहाँले स्थानीय तह चुनाव जेजस्तो भएपनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको तर्क गर्नुभयो ।

अध्यक्ष दाहालले स्थानीय तह चुनावबाट कमजोरीहरु पत्ता लगाएकाले त्यसको शिक्षा लिएर संघ र प्रदेशको चुनावमा राम्रो गठबन्धन हुने दावी गर्नुभयो । चुनावको परिणामपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेगरी अगाडि बढ्ने उहाँले बताउनुभयाे ।