Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


दल भित्रबाटै छानिएका नेतृत्वले मुलुकमा विद्यमान समस्या समाधान गर्न सकिन्छ : उपाध्यक्ष पाण्डे


351
Shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले दल भित्रबाटै छानिएका नेतृत्वले मुलुकमा विद्यमान समस्या समाधान गर्न सक्ने बताउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले राजनीतिक नेताहरुबाटै छानिएर आएका नेतृत्वले मात्रै मुलुकको समस्या समाधान गर्न सक्ने तर्क गर्नु भएको हो । उहाँले त्यसका लागि करिव ५ वर्ष भने कुर्नुपर्ने उहाँको भनाई थियो ।

उपाध्यक्ष पाण्डेले जनताको चेतनास्तर सुदृढ भएसँगै मुलुकमा देखिएको समस्या पनि समाधान हुँदै जाने बताउनु भएको थियो ।

पाण्डेले पाँच वर्षपछि पुराना नेताहरु उमेरहदका कारण पनि राजनीतिबाट विदा हुने र नयाँ नेतृत्वले मुलुकको समस्या समाधान गरेर जाने विश्वास व्यक्त गर्नु भयो ।