१९ भाद्र २०८२, बिहिबार | Thu Sep 4 2025


बिरामीमाथि खेलबाड गर्ने कानुनको भागीदार : मन्त्री ढकाल


0
Shares

काठमाडौं, भदौ २ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इजाजतप्राप्त चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए कानुनको भागीदार हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स् क्लब नेपालले शनिबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री ढकालले ‘बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटक–पटक झमेलामा पार्ने चिकित्सकमात्र कानुनको कठघरामा पुग्नेछन्’–भने ।

मन्त्री ढकालले चिकित्सकलाई आश्वस्त पार्दै भने–‘असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानुनी झमेला व्यहोर्नुपर्दैन ।’ रासस