Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


बुधबार रक्सोल नाकाबाट ३ सय नेपाली भित्रिए


0
Shares

वीरगन्ज, जेठ १४ । लकडाउनका कारण लामो समयदेखि सीमावर्ती भारतीय सहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् ।

बुधबार पहिलो लटमा ३ सय ४१ जना नेपाल भित्रिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनिहरुको तापक्रम लिदै नेपाल प्रवेश गराएको थियो । नेपाल प्रवेश गरेकाहरुलाई सम्बन्धित जिल्लाले नै सवारीसाधनको व्यवस्था गरिदिएकाले आजै पठाईएको छ ।

अझैपनि रक्सौलका क्वारेन्टाइनमा करिब ४ सय नेपाली छन् ।