Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


छोरी बलात्कार गर्ने बुबा पक्राउ


0
Shares

काठमाडौं । आफ्नै छोरी बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । छोरीलाइ पटक-पटक बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -११ का ४३ वर्षीय बुबा पक्राउ परेका हुन् ।

पीडितले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले आज बुबालाई निजको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । 

यही वैशाख ११ गते किशोरीलाई घरभित्र नै लडाइ भित्रि वस्त्र खोली जबरजस्ती गर्न खोजेको भन्दै पीडितकी आमाले प्रहरीलाई मौखिक उजुरी दिएकी थिइन् ।

सोही आधारमा प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धान क्रममा पीडित किशोरीले समेत बाबुले ४ वर्ष अघिदेखि नै आफूलाई जबरजस्ती गरेको स्विकारेकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको र जबरजस्ती करणी उद्योगमा मुद्धा चलाइने काफ्लेले बताए ।