Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सामसङले नेपालमा नै टिभी कारखाना खोल्ने


533
Shares

काठमाडौं । विश्वकै अग्रणी दाबी गरिएको इलेक्ट्रनिक्स र स्मार्ट फोनको ब्राण्ड सामसङले नेपालमा नै टिभी कारखाना खोल्ने भएको छ ।

परम्परागत धार्मिक विधि अनुसार बुधबार नवलपरासीमा कारखानाको शिलान्यास गरिएको हो ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीएफओ एचके पार्कको पनि उपस्थिति रहेको थियो ।

नेपाल सरकारको स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने नीति बमोजिम यो नयाँ कारखानाको स्थापना गरिएको कप्पनीले जनाएको छ ।

सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले आफुहरुको लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापनागर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनताप्रतिको आफुहरुको निरन्तर प्रतिवद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाएको भएको बढ्दो विश्वास एवं मायाको प्रतिक भएको बताउनुभयो ।

कारखानाले सन् २०२३ देखि उत्पादन सुरुगर्ने लक्ष्य लिएको छ ।

Skip This