
काठमाडौं । बंगलादेशले नेपालको सुनकोशी-३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ ।
बंगलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिसहितको टोलीले हालै आयोजनाको प्रस्तावित काभे्रस्थित निर्माणस्थलको स्थलगत अनुगमन गर्दै यस्तो इच्छा देखाएको हो ।
बंगलादेशले यसलाई प्रमुखताका साथ भोलि बस्ने नेपाल बंगलादेश उर्जा सचिवस्तरीय बैठकमा राख्ने तयारी गरेको एक अधिकारीले जानकारी दिनुभयो ।
६ सय ८३ मेगावाट क्षमताको सुनकोशी–३ अर्धजलाशययुक्त आयोजना हो । दुई देशका अधिकारीहरुको बैठकमा नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि प्रसारण पूर्वाधार र अन्तरदेशीय विद्युत व्यापारका लागि भारतको पनि समर्थन लिनेबारे पनि छलफल हुने छ ।
नेपाल–बंगलादेश ऊर्जा व्यापारका लागि भारतको बाटो हुँदै प्रसारण लाइन निर्माण गर्नुपर्ने भएकाले यसमा भारतको समर्थन आवश्यक भएको हो ।
प्रतिक्रिया दिनुहोस्