अर्घाखाँची, जेठ १३ । भारत तथा छिमेकी जिल्लाबाट अर्घाखाँचीमा आउनेको संख्या दुई हजार १३४ पुगेको छ ।
रोजगारीका लागि भारत गएका नागरिकहरु जिल्ला भित्रिएका हुन् ।
छिमेकी जिल्लामासमेत कोरोना संक्रमितको संख्या बढेपछि छिमेकी जिल्लाबाटसमेत अर्घाखाँची आउन थालेका छन् ।
मंगलबारमात्र ५१२ जना कृष्णनगर र बेलहिया नाका हुँदै प्रवेश गरेका छन् । उनीहरुलाई पायकपर्ने ‘क्वारेन्टाइन’मा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
जिल्लामा हालसम्म दुई हजार ३९४ ‘क्वारेन्टाइन बेड’ निर्माण भएका छन् ।









प्रतिक्रिया दिनुहोस्