२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सिन्धुलीमा जंगली हात्तीको आतंक


221
Shares

सिन्धुली । जंगली हात्तीले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा आतंक मच्चाउदा जनजीवन प्रभावित बनेको छ ।

जंगली हात्तीको आक्रमणले कमलामाई नगरपालिका वडा नं ९ भिमानमा चुरे जंगल आसपासमा रहेका स्थानीयका घर गोठ भत्काएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ ।

विगत लामो समयदेखि सिन्धुली जिल्लाको कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाई रहेका जंगली हात्तीलाई सरकारी सम्बन्धित निकायले दिगो रुपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय बासिन्दाहरु पीडित बन्दै आएका छन् ।कमलाखोच क्षेत्रको भिमान, रानिबास, निपानेलगायतका स्थानहरुमा जंंगली हात्तिले विगतमा पनि स्थानीयहरुको घर आवास नोक्सान गर्नुका धान, मकै, केरा, मेवा,आ“प लगायतका अन्नवाली र फलहरुको नोक्सान गर्दै आएको छ ।

सिन्धुली जिल्लाको कमलाखोच र चुरे पहाड वन क्षेत्रमा साल र सिसौंको घना जंगल र पानीका श्रोत मुहान समेत भएकाले जंगली हातीको बास र चरण क्षेत्रमा हातीले स्थायी बास बनाउदै आएको हो ।

हिउदको समयमा भारतको पश्चिम बंगाल र आसामबाट आउने जंगली हात्तीका कारण सिन्धुली जिल्लाको कमलाखोच क्षेत्रको जनजीवन सधै त्रसित र भएभित बन्दै आएको छ ।

सिन्धुली जिल्लाको कमलाखोच क्षेत्र घना वन जंगल भएकाले वन क्षेत्रबाट ५०० मिटर वरिपरि बढी संख्यामा जंगली हातीको जोखिममा परेकाले हात्तीको आक्रमणबाट जंगल आसपासकै मानव बस्तीहरु जोखिममा पर्दै आएका छन् । समूहमा बस्न रुचाउने जंगली हात्ती समूहबाट बाहिरिएर मानव बस्तीमा पुगेपछि सिन्धुली जिल्लाको कमलाखोच र यस आसपासका क्षेत्रको जनजीवन प्रभावित बन्दै आएको हो ।