काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले अध्यक्ष नैनसिंह महर नै महाधिवेशन गर्न इच्छुक नरहेको आरोप लगाएको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान कार्यसमितिको कार्यकाल थप गरेकोप्रति आपत्ति जनाउँदै असन्तुष्टहरुले अध्यक्ष महर आफ्नो कार्यकाल बढाउन उद्दत रहेको आरोपसमेत लगाए ।
महाधिवेशन नगर्न संस्थापन पक्षले विभिन्न बखेडा झिकिरहेको आरोप लगाउँदै उनीहरुले जुनसुकै हालतमा पनि महाधिवेशन हुनुपर्ने भन्दै तत्काल महाधिवेशनको मिति घोषणा गर्न माग गरेका छन् ।
कार्यक्रममा सहभागी वर्तमान कार्यसमितिकै पदाधिकारीहरुले भने ३२ वर्षको उमेर हद लगाएर निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने अधिकारलाई कुन्ठित गर्न खोजिएको टिप्पणी गरेका छन् ।
कार्यक्रममा उपाध्यक्षहरु प्रकाश राना, नवीन राई, दिल्लीराम सुवेदी, पूर्वमहामन्त्रीहरु प्रतिमा गौतम, मनोजमणि आचार्यलगायतको सहभागिता थियो ।









प्रतिक्रिया दिनुहोस्