सप्तरी । सप्तरीमा होम आइसोलेसनमा रहेकी एक महिलाको मृत्यु भएको छ ।
गर्भवती रहेकी महिला कोरोनाको संक्रमण हुन सक्ने आशंका गरिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका–११ की २४ वर्षीया ती गर्भवती महिलालाई गए राति धेरै ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएपछि आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
१० दिन अघि नै ती महिलालाई ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या भएपछि गत बिहीबार राजविराज स्थित डा.विनिता यादवको क्लिनकमा उपचारका लागि ल्याइएको थियो ।
उनलाई पिसाबको संक्रमण (यूटीआई) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम आइसोलेसनमा रहन सल्लाह दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्